झापा ।
लेखक तथा गायक श्री कृष्ण लुइँटेल (बोके दारी) ले ‘नयाँ गीत ‘तिम्रै हुँ म बोलको गीत बजारमा ल्याएका छन् । उनले १६ बर्ष अघि ल्याएको ‘साली कमला’ बोलको गीतको साली कमला २ नामक गति बजारमा ल्याएका हुन् । उनले १६ बर्षअघि निकै चर्चित बनेको गीत साली कमलाको दोस्रो भाग बोके दारी अफिसियल यूट्रयुव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

सङ्गीत, गायन तथा शब्द श्रीकृष्ण लुइँटेलको रहेको ने गीतको एरेज्न जोनी योञ्जनको रहेको छ । केशव रायमाझीको निर्देशन, सुमन योञ्जनको छायानकन रहेको उक्त म्युजिक भिडियोमा केशव रायमाझी , कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, कृष्ण सुवेदी, शुश्मा सुबेदीको प्रस्तुति रहेको छ।
म्युजिक भिडियोमा प्रतीक श्रेष्ठको सम्पादन, कलर ग्रेडिङ हेमन तामाङको रहेको छ । गायक लुइटेलले २ सय भन्दा बढी गीतहरु गाइसकेका छन् ।