झापा । 

धेरैले अहिले मनोरञ्जनदेखि टाढा रहेर बाच्न सक्ने कल्पना पनि गर्न सकिदैन । गीत संगीत वर्तमान अवस्थाको एउटा अति आवश्यक कुरा मध्ये एक भएको छ । प्रत्येकले खुसी होस् या दुःखमा गीत गुनगुनाउने गर्छन् । त्यसरी गुनगुनाएको गीतले भनिन्छ मनमा शान्ति छाउछ । गीतसंगीतलाई धेरैले पैसा कमाउने पेशाकै रुपमा पनि लिएका छन् । तर, केहिले दुःखसुखको साथी मान्दै आएका छन् । तर, जे होस् गीत संगीत एकदमै आवश्यक र मन बुझाउने एउटा माध्यम पनि हो । 

हाम्रो देशमा पनि यस्ता धेरै गायक गायिका छन् जसले पैसासँगसँगै नाम पनि कमाएका छन् । तर केहिले आफ्नो शोक मात्र पूरा गर्नका लागि गीत गाउने गरेका छन् । 

पछिल्लो समय झापा बिर्तामोड–४ की गायिका तारा दुलालले आफ्नो बाल्यकाल देखिएको गायनलाई निरन्तरता दिने मौका पाएकी छिन् ।  गायिका दुलाललाई सानै उमेरदेखि गीत गाउन एकदमै मन पर्ने र सिक्ने उच्च  अभिलाषा भएको बताउछिन् । उनले सोचे जस्तो जीवन नभएपछि आफ्ना इच्छा चाहानालाई दवाएर राखिन् ।  

उनी त्यो दिन सम्झदै भन्छिन् ‘झापामा जम्मिए पनि बिवाह पाँचथर जिल्लामा भयो, आर्थिक अवस्था राम्रो थिएन, श्रीमान राजनीतिककर्मी तथा माओवादी पार्टीको पूर्णकालिन नेता हुनुहुन्थ्यो’, जीवन  सोचे  जस्तो थिएन ।’

उनको जीवन पाँचथरको दुर्गम गाउँमा घाँसपात, उकाली ओरालीमा बित्न थालेपछि गीत संगीत त केवल उनको सम्झनामा हुन थाल्यो । ०६६ सालमा पाँचथरवाट पार्टीले श्रीमानलाई झापा जिल्ला कार्यछेत्र बनाएर पठाएको सम्झदै उनी भन्छिन् ‘ती दुःखका दिन  सम्झदा अहिले कथा जस्तो लाग्छ ।’

 ससुरा बुबा पाँचथर जिल्लाकै अत्यन्त समझदार सहयोगी  र नाम चलेको  स्वास्थ्यकर्मी  भएको उनले सुनाइन् । बुबाको सानो मेडिकल पसलमा  बुबालाई सघाउने गरेको उनले बताइन् ।  ‘शान्ति प्रक्रियापछि मैले मेडिकल शिक्षा पढ्ने अवसर पाए, गायिका दुलाले भनिन् ‘सानो नानी बोकेर राजबिराज जाने आउने  र पढ्ने निकै चुनौती थियो ।’ माओवादी पार्टी २०६९ मा  बिभाजन भएपछि श्रीमानमा केही राजनैतीक लगाब कम भएपछि झापामा केही सहयोगीहरुको साथ र सहयोगले आफ्नै सानो मेडिकल सञ्चालन गरेको उनले बताइन् ।  

  २०७२ सालमा  पाँचथरबाट आएर निरन्तर नै दुख सुख  गरेर आफ्नो व्यवसाय चलाउदै गरेको उनले सुनाइन् ।  श्रीमान हालपनि राजनीति मानै सक्रिय भएको बताउँदै उनले भनिन् ‘गतबर्ष उहाँको केही संगीतकर्मी संघ भेट्घाट  भएछ, मेरो बारेमा कुरा गर्नु भएछ,  साहित्यकार सिरेन बान्तवाको शब्दलाई गीत बनाउन संगीतकार कृष्णभक्त राईलाई  दिनुभएछ, अनि मलाई भन्नुभयो ।’ उनले केहीदिन गित प्याक्टिस्   परेपछि श्रीमानको धेरै गायक र संगीतकारहरुसँग राम्रो चिनजान भएकाले बाल्यकालदेखिको गीत संगीतप्रतिको लगाव जागेको उनले बताइन् ।  

‘गायक दाजु कृष्णभक्त राई र साहित्यकार तथा गीतकार सिरेन बान्तवासँग पारिवारिक जस्तै सम्बन्ध छ’ उनले भनिन् ‘अन्य धेरै कलाकारहरुसँग पनि त्यहि प्रकारको सम्बन्ध छ ।’  केही समयपछि  श्रीमानसंगै काठमाडौ गएर पहिलोपल्ट चिमाल फुल्यो गीत रेकर्डिङ  गरेको उनले बताइन् ।  ‘अब केही समयपछि गायक राजेश पायल राईसँगको गित बजारमा  आउँछ’ उनले भनिन् ‘त्यो गीत राम्रो हुने र सवैले रुचाउने विश्वास छ ।’ चिमाल फुल्यो गित सफल भएको बताउँदै आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको उनको भनाइ छ । अन्यगीतहरु पनि राम्रै  भएको उनको बताइन् । ‘अब भने बर्षमा ३/४ वटा गीत निरन्तर निकाल्ने छु’ उनले भनिन ‘श्रीमान आमा बुबा सबैको हौसलासहित परिवारको सपोर्ट छ ।’ 

उनले औषधि व्यवसायी भएको बताउँदै बचेको समयमा  गित प्याक्टिस्   गर्ने र नेपाली  गीत संगीतलाई दिने बताइन् । ‘सवै दर्शकलाई आफ्ना गीत हेर्न र सुन्नलाई  तारा दुलाल  युट्युब च्यानल सस्क्राइव गरिदिन अनुरोध छ’ उनले भनिन्  ‘मेरो दुःखसुख पोख्ने मौका दिने शब्दपत्र डटकम अनलाइनलाई धन्यबाद दिन चाहान्छु ।’ 

गायिका दुलालका ४ वटा गीतका (भिडियोसहित)