काठमाडौं । 

अस्थिर राजनीतिको फाइदा उठाउँदै एमसीसी सम्झौता अघि बढाउने षड्यन्त्र भइरहेको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बताएका छन् ।

नेपालमा द्वन्द्व पछि अस्थिर राजनीतिक स्थितिमा एमसीसी सम्झौताको चाँजो मिलाइएको उनको भनाई छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ।’ 

सरकार जनअनुमोदित  नभएको भन्दै उनले देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त नभएको बताएका छन् ।