झापा ।
२ सेक्टेम्वर १९७१ मा जन्मिएका साउथ फिल्मका सुपरस्टार अभिनेता पवन कल्याणले आज ५० औ जन्मदिन माउँदै छन् । उनी साउथ फिल्मका मेघास्टार चिरञ्जिवीका भाई हुन् । पवनका जन्म बपतलामा भएको र उनको नाम कोन्निडेला कल्याण बाबू हो । तर, उनको स्क्रीन नाम पवन कल्याण हो भने पवनलाई साउथ फिल्ममा पावर स्टारको नामबाट चिनिने गरिन्छ ।

पवन साउथ फिल्मका सुपर स्टार हुन् भने उनी रानीतिकमा पनि उत्तिकै सक्रिय छन् । त्यसले गर्दा पनि उनी सधैं चर्चामा रहन्छन् । उनले १९९७ मा तेलुगु फिल्म ुगोकुलामलो सीताबाट इन्डस्ट्रीमा प्रवेश गरेका थिए । त्यसपछि उनले धेरै हिट फिल्म बद्रीु, जोनीु, ुअन्नावरमु, पुलीु र ुगब्बर सिंहमा काम गरे । त्यसपछि पवनलाई धेरैले मन पराउँन थाले ।
अभिनेता पवन राजनीतिसँगै फिल्मी मञ्चमा पनि उत्तिकै प्रतिभाशाली कलाकार हुन् । उनी निर्देशक, गायक, स्क्रीन राइटर पनि हुन् । पवन आफ्नो फिल्मी करियर र राजनीतिलाई लिएरजती चर्चामा रहन्छन् त्यस्तै आफ्नो ब्यक्तिगत जीवनमा पनि चर्चामा रहँदै आएका छन् ।
अभिनेता पवनको जिन्धगी पनि फिल्म भन्दा कम छैन । उनले ३ वटा विवाह गरेका छन् । उनको पहिलो विवाह नन्दिनीसँग भएको थियो । उनीसँग सम्बन्ध विग्रेपछि रेनू देसाईसँग र तेस्रो विवाह े बाला अन्ना लेजनेवासँग भएको थियो ।
एजेन्सीको सहयोगमा