झापा ।
बलीवुड अभिनेता टाइगर श्रॉफ प्राय आफ्नो शारिरिक बनावटलाई लिएर सधैं चर्चामा रहँदै आएका छन् । अभिनेता टाइगरको शारिरिक बनावटका कारण युवाहरु लोभिने गरेका छन् । अहिलेका युवा टाइगरको जस्तो बडी बनाउन चाहन्छन् ।

टाइगर प्राय सोसियल मिडियामा आफ्नो परफेक्ट बडीको फ्लन्ट गरेको भिडियो र तस्वीर शेयर गरिरहन्छन्।
अभिनेता टाइगर सधैं शोसियल मिडियामा सक्रिय रहन्छन् । अभिनेता टाइगर इंस्टाग्राम, ट्वीटर र कू एपमा धेरै सक्रिय छन् । त्यसलाई देखेर उनलाई चाहने युवाहरु पनि त्यस्तै शारिरिक बनाउने कोशिस गरिरहन्छन् ।
एजेन्सीको सहयोगमा