बासु दुलाल 

ऐतिहासले कहिलेकाही एउटै मानिसलाइ धेरै अबसरको नेतृत्व गर्ने जिम्मा दिदो रहेछ । नेपाली कम्युनिष्ट आन्दोलनलाई सम्सोधनवाद र दक्षिण पन्थी अबसरवाद अनि  फुट र बिभाजनका कयौ जन्जिरबाट अगाडि बडाउदै  ऐतिहासिक सम्भाबनासहित समाजबादी क्रान्तीको थालनीसहित समाजबाद स्थापनाको नेतृत्व गर्ने अवसर  क प्रचण्डलाई  इतिहासले सुम्पिएको छ् । कतिपय पाठकलाई यो लेखले ब्यक्ति पुजा नै गर्यो भन्ने भ्रम उत्पन्न  अवश्य हुन सक्दछ । तर, मैले यो लेख तयार गरिरहँदा  आफूलाई सत्यको कर्सीमा राखेर घटनाक्रमहरुको बिश्लेषण  गर्दै यो लेख तयार पारेको हँुदा मैले तथ्यमा आधारित विषयका आधारमा नै यो सत्य उजागर गरेको जानाकारि गराउछु ।

 नेपालमा २४० बर्षसम्म निरंकुश एकदलिय र तानाशाही राजतन्त्रात्मक शाही शासनको अन्त्यको निम्ति १० बर्षसम्म निरन्तर जनयुद्ध भयो र त्यही जनयुद्धको जगमा ०६२÷६३ को जनआन्दोलन भयो । जनयुद्धको अवधिमा हजारौ हजार नेपाली छोरा छोरीहरुले बलिदान गर्नु भयो हजारौ बेपत्ता हुनु भयो, र कयौ घाइते अपाङ हुनुभएको छ । ससदिय राजनैतिक दलहरुले संविधानसभाको निर्वाचनलाई बेलैमा स्विकार गरिदिएको भए सम्भवत यत्रो जनधनको क्षती नहुने थियो तर काँग्रेस र एमाले (ओलि गुट) हरुले प्रचन्ड र माओबादीलाई मारेर सिध्याउनको निम्ति शेरबहादुरको नेतृत्वमा टाउकोको मूल्य तोक्ने र सेना परिचालन गरि हजारौ हजार  नागरिकको  कत्लेआम गर्ने योजना बनाए । हो यहि परिस्थितिमा देश र जनतालाई सामन्ती दासताबाट मुक्ति गर्ने कसम खाइ बर्ग मुक्ती आन्दोलनको नेतृत्व गर्ने क प्रचन्ड्को नेतृत्व र बिचारमा, ससदिय राजनैतिक पार्टीहरु संविधानसभाको निर्वाचनमा आउन बाध्य भए । ६२÷६३ को आन्दोलनपछि   संविधानसभाको  ऐतिहासिक निर्वाचन भयो । संबिधानसभाको ऐतिहासिक प्रथम बैठकले नेपालमा राजतन्त्रको अन्त्य  गर्दै, सङिय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गर्यो । त्यो  ऐतिहासिक युगान्तकारी परि घटनासम्म पुग्नलाई  जनयुद्धको कमान्डर माओबादी पार्टीको मुल नेतृत्व ,क्रान्ती  नायक क प्रचण्डले गर्नु भएको  थियो । त्यसकारण परिबर्तनको नेतृत्व गर्न सक्ने बैचारिक र राजनैतिक उच्च नेतृत्व क्षमताको युगनेता क प्रचण्डले नै नेपाली समाजमा नयाँ युगको सुरुवात गर्ने  समाजबादीक्रान्तिको नेतृत्व गर्नुपर्छ ।

जनयुद्धको छोटो समयमा नै नेपालमा दुई सत्ताको स्थापना भएको थियो । ग्रामिण इलाका माओबादी पार्टीको सत्ता र शहरी इलाका सरकारी सत्ता ।  बर्ग मुक्ती आन्दोलनको सिपाही अर्थात जनमुक्ति सेना नेपाल बनिसकेको थियो । करिब ३२००० हजार नियमित सेना भएको पार्टी र त्यसको मुख्य नेतृत्व प्रचण्ड । निश्चय नै १२ बुँदे शान्ति सम्झौताको हस्ताक्षरकर्ता र नेपालमा दिगो शान्ति स्थापनाको निम्ति क प्रचण्डको  नेतृत्वमा हतियार ब्यवस्थापन र सेना समायोजन र त्यसको  मोडेल को बारेमा सहमती सहकार्य र बैचारिक योजना बनाई  संयुक्त रास्ट्रसंघलाई पर्यवेक्षणको मात्र जिम्मा लगाई नेपाली मोडेलमा  सेना समायोजन र हतियार ब्यवस्थापनको काम क प्रचण्डको नेतृत्वमा  जसरी  सम्पन्न भयो त्यसले पनि नेपालमा दिगो शान्ति विकास र प्रगतिको निम्ति क प्रचण्डको त्याग समर्पण र योगदानलाई विश्वले हेरेकै छ । त्यसकारण शान्ति र प्रगती समुन्नतिको यो युगमा  शान्तिप्रक्रियाको नायक क प्रचन्डको नेतृत्वमा नेपालमा समाजबादी क्रान्ति हुनेछ र हुनुपर्छ ।

पहिलो संविधान सभामालाई प्रतिक्रियाबादी पुरातनबादी यथास्थितिबादी र तिनका मतियारले सफल हुन दिएनन र सम्बिधान जारी हुन सकेन । माओबादी पार्टी  संसदको सबै भन्दा ठूलो दल थियो त्यही कारण जनताको हातमा सबै अधिकार पुग्ने डरले संविधान जारी हुन नदिन भयंकर थुलो षड्यन्त्र गरियो । राजतन्त्र फर्काउने  अनेकन कोसिसहरु  गरिए । यी सबै जाल झेललाई चिर्दै दलहरुको बिचमा सहमती गरि पुन दोस्रो संविधान सभाको निर्वाचन भयो तर त्यो निर्वाचन मा जनताले  माओवादी पार्टीलाई तेस्रो दलको रुपमा मात्र जनमत दिए । त्यै पनि जनताको अधिकारलाई सुरक्षित गर्न क प्रचण्डको नेतृत्वमा सबै दलहरुको बिचमा सहमती गरि सहमतिको दस्तावेजको रुपमा  यो संविधान (संघीय लोकतान्त्रिक गणतन्त्र  नेपाल) को घोषणा गर्न प्रचण्ड सफल हुनु भो । त्यसैले हरेक सजिला र अफ्ट्यारो परिस्थितीमा पनि अबिचलित रुपमा देश र जनताको  निम्ति अधिकार र स्वतन्त्रताको निम्ति लागिरहने युगनायक  क प्रचन्डकै नेतृत्वमा समाजबादी क्रान्ती सम्पन्न हुनुपर्छ ।

एकजाती एकभाषाको रुपमा  विकास गरिएको यो देशलाई संघीय गणराज्यको रुपमा बिकास गर्न भौगोलिक सिमाना निर्धारण गर्न गाउँ र नगरको नामाङ्कन र  सिमाङ्कन गर्नु त्यति सजिलो  विषय हुँदै होइन । सबै राजनैतिक दलसहित  जनताको भावना को कदर गर्दै १४ अन्चल, ७५ जिल्ला र २०५ निर्वाचन क्षेत्र लाई ७ प्रदेश र ७७ जिल्लासहित १६५ निर्वाचन क्षेत्रमा बिभाजन गर्न कम सजिलो थिएन तर क प्रचण्डको नेतृत्वमा  त्यति असहज पनि नभई यी तमाम काम सम्पन्न  भए र आज हामी जनता ३ तहको सरकारसहित  राज्यसत्ताको मालिक भएका छौ । यी  तमाम चुनैतीपुर्ण कामको नेतृत्व गर्नु भएका परिबर्तनको नायक क प्रचण्डको नेतृत्वमा नै अबको समाजबादी क्रान्ती सम्पन  गर्नुपर्छ ।

  संबिधान घोषणा पछिको पहिलो आमनिर्वाचनमा बाम पार्टीसँग सहकार्य र एकताको  परिकल्पनासहित  माओबादी, जनमोर्चा नेपाल र एमाले बिच चुनाबी तालमेल भयो । जनताले यो बाम तालमेललाई अत्याधिक बहुमतसहित अनुमोदन गरे । एमालेको ३५ लाख र माओबादीको १४ लाख मतले नेपालमा जनताको भवानाको प्रस्फुटन भयो । त्यही जन भवानालाई सम्मान गर्दै प्रचण्डको नेतृत्वमा एमालेसँग पार्टी एकता गर्दै नेपालमा शक्तिशाली र एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने ऐतिहासिक कार्यभारको नेतृत्व क प्रचण्डले नै गर्नु भयो । तथापी एमाले भित्रको अतिबादी र ब्यक्तिबादी गुटको नेता केपि ओलीलाई कम्युनिस्ट पार्टीको  अध्यक्ष र देशको प्रधानमन्त्री बनाउने गरि  सहमति गरेर रुपान्तरणको प्रक्रियामा केही लिखत सम्झौता गरि  नेपाल कम्युनिस्ट पार्टीको निर्माण र घोषणा पनि भयो तर ओलिको ब्यक्तिबाद ,अहंकारवाद, झालझेल र धोखाले त्यसलाई बचाउन सकेन  ।

आफू प्रधानमन्त्रीमा रहिरहन ओलीले यो कलिलो गणतन्त्र नेपालको  संविधानको दुइ दुई  पटक घाटि रेट्ने काम गरे । गणतन्त्र, संघीयता समाबेशिता  र समानुपातिक प्रणालीलाई करिब करिब समाप्त गर्ने काम गरे । यो प्रतिगमनबाट देश र संविधानलाई जोगाउन र भस्मासुर प्रबृतिलाई सधै सधैको निम्ति बिदा गर्न क प्रचण्डकै अगुवाईमा देश आन्दोलित भयो र आज संविधान जिबित भयो साथै प्रणाली बच्यो । तर पुनः दुबै कम्युनिस्ट पार्टी आ आफ्नो अस्तित्वमा आउन बाध्य भए । यसरी संविधान र प्राणाली मात्र होइन ओलीले झन्डै झन्डै समाप्त गर्न लागेको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई पुनर्जिबित गर्दै  देश र जनतालाई अध्यारो सुरुङङगबाट उज्यालो भविश्यतर्फ हिडाउने आदरणीय राष्ट्रियपिता, अबिभाबक, जननायक क प्रचण्डकै नेतृत्वमा अबको समाजबादी क्रान्ती सफल पारौ र यो देशलाई बिश्वका समाजबादी देशको सुचिमा अबको केही बर्षमा नै सूचीकृत गर्न  समाजबादी क्रान्तिको तयारीको निम्ति आफुले आफैलाई बदलौ ।

समाजबादी क्रान्ती जिन्दाबाद ।

बैज्ञानिक समाजबाद जिन्दाबाद ।।

समाजबादी नेपाल जिन्दाबाद ।।।

तथास्तु । लेखक नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र) झापा का सचिबालय सदस्य तथा बौद्धिक युबा नेता हुन् ।