शिवसताक्षी । 

नेकपा (माओवादी केन्द्र) ले शिबसताक्षी नगरपालिका अन्तर्गतको संगठन पुनर्गठन तथा वडा भेलालाई तिब्र बनाएको छ ।   नेकपा औपचारिक रूपमा विभाजन भएपछि नेकपा (माओवादी केन्द्र)  शिबसताक्षी नगर कमिटीले  आक्रमक रुपमा आफ्नो संगठनलाई बलियो बनाउन थालेको हो ।

नेकपा माओवादी केन्द्र शिवसत्ताक्षीले हालसालै नगरका १० वटा वडाको भेला गरी कमिटी गरेको नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए । उनले वडा नं. १,२,३,४,५, ७, ८,९,१०, र ११ को कमिटी भेला र गठन सम्पन्न भइसकेको बताए । 

वडा नं. १  अध्यक्षमा नेत्र नेम्बाङ र सचिब पुर्ण लकान्द्रिको नेतृत्वमा २५ सदस्यीय कमिटी बनेको छ । वडा नं २ मा अध्यक्ष अध्यक्ष भिम नेम्बाङ  र सचिब सन्तोश काफ्ले(उमाकान्त) को नेतृत्वमा २५ सदस्यीय र वडा नं. ३ मा   अध्यक्ष  राजु लिम्बू र सचिब  लयप्रसाद गौतमको नेतृत्वमा नेतृत्वमा २९ सदस्यीय,  वडा नं. ४ मा   अध्यक्ष( हलचल ताजपुरिया र सचिव  नरबहादुर लिम्बुको नेतृत्वमा १९ सदस्यीय,  वडा नं. ५ मा अध्यक्ष शिव बिमली

र  सचिव टेकनारायण राजवंशीकोको नेतृत्वमा नेतृत्वमा १९ सदस्यीय गठन भएको छ । त्यस्तै वडा नं. ७ मा अध्यक्ष अम्बिकाप्रसाद अधिकारी  र सचिव चैतु राजवंशीको नेतृत्वमा २५ सदस्यीय, वडा नं ८ मा   अध्यक्ष  बिष्णुदास राई र सचिव बिदुर निरौलाको नेतृत्वमा २५ सदस्यीय वडा नं. ९ मा  अध्यक्ष भरत नवीन रार्इ र सचिब दलबहादुर नेउपानेको नेतृत्वमा २५ सदस्यीय,   वडा नं. १० मा   अध्यक्ष नन्दप्रसाद राय र सचिब पुस्प पौडेलको नेतृत्वमा २९ सदस्यीय र वडा नं ११ मा   अध्यक्ष  साने रार्इ र सचिब  हरिकुमार थापाको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी पुनर्गठन  हो ।

 जनबर्गिय संगठनमा योङ कम्यनिष्ट लीग (वाइसिएल) को नगर कमिटी अध्यक्षमा इन्द्र नेउपाने, उपाध्यक्ष सन्जिब रार्इ , गोपाल नेयोङ (जीएन) सचीव भुवन सेन्दाङ, स–सचिब सन्तोस ताजपुरिया कोषाध्क्ष सङिता रायको नेतृत्वमा ४१ सदस्य नगर समिति निर्माण र  अखिल क्रान्तिकारीको अध्यक्ष बिरेन्द्र बस्नेत,  

उपाध्यक्ष अमर सुनुवार, सचीव दिपा बस्नेत, स–सचीव सत्यम ताजपुरिया, कोषाध्क्ष सुस्मा रार्इको नेतृत्वमा  २९ सदस्य  नगर कमिटी निर्माण भएको  नेकपा माओवादी केन्द्र का नगर अध्यक्ष  भट्टराईले बताए ।

 नगर अध्यक्ष भट्टराईका अनुसार हाल टोल कमिटी, सेल समिति जनबर्गिय, जातीय मोर्चा र पार्टी सदस्य नवीकरणलाई तीब्र रुपमा अगाडि बढाइएको छ ।  असोज २० गतेसम्म सबै कमिटी निर्माण गर्ने र असोज ३० गते नगर सम्मेलन गर्ने योजना रहेको अध्यक्ष भट्टराईले बताए ।