काठमाडौं । 

फिल्म ‘लाइफ इन एलए’ को पहिलो गीत सार्वजनिक भएको छ ।  निर्माण टिमले फिल्ममा समावेश ‘पागल प्रेमी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।  गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर रहेको छ भने  गीतको शब्द सुन्दर पन्थको र संगीत एलिस कार्कीको  छ । 

 गीतको भिडियोमा नव–अभिनेता ब्यास बिस्सुले अभिनेत्री  शिल्पा मास्के र अकेशा विस्टसँग रोमान्स गरेका छन् ।  त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मलाई नेपाल र अमेरिकामा छायङ्कन गरिएको हो । फिल्म अमेरिकामा बस्ने नेपालीको संघर्ष र सफलताको कथामा आधारित भएको निर्देशक श्रेष्ठले बताए । 

 फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रविन खत्रीका साथै अमेरिकाका कलाकार जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । फिल्मलाई दशैंमा रिलिज गर्ने तयारी गरिएको छ । 

फिल्म ‘लाइफ इन एलए’ को पहिलो गीत सार्वजनिक