काठमाडौं ।
नेकपा एमाले र केपी ओलीलाई मात्र दोष दिएर नेता तथा कार्यकर्ताले छुट नपाउने एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले बताएका छन् ।
उनले काम गर्दै जाँदा कमजोरी हुनसक्ने बताउँदै त्यसको अर्थ पार्टी नै काम लाग्दैन नमिल्ने बताए । उनले नेकपा पार्टीका अगुवा कार्यकर्तालाई सचेत तुल्याउँदै केपी ओलीलाई दोष दिएरमात्र कसैले छुट नपाउने बताएका छन् ।
मंगलबार सुर्खेतमा एमालेको कर्णाली प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीका कार्यकर्तालाई आवेग, उत्तेजना फैलाएर बोल्ने र त्यस्तो व्यवहार गर्ने काम बन्द गर्न आग्रह गरे । घृणाको संस्कृति फैलाएर कसैलाई गाली गलौज गरेको जनताले मन नपराउने पनि उनले प्रस्ट पारे ।
सबै राजनीतिक दल मिलेर यो संविधान बनाएको चर्चा गर्दै उनले संविधान जोगाउनु, लोकतन्त्र जोगाउनु सबैको दायित्व भएको बताए ।