झापा ।
बलीवुड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई प्रहरीले पोर्न फिल्मका कारण पक्राउ गरेपछि आलोचना व्यहोर्दै आएकी उनले घर छोड्ने निर्णय गरेकी छिन् ।

राजलाई २०२१ जुलाई १९ तारिख प्रहरीले पक्राउ गरेको थियो । प्रहरीसँग राजको पोर्न फिल्मसँग जोडिएका धेरै प्रमाणहरु फेला परेको छ । राजकी श्रीमती भएकै कारण उनको धेरै आलोचना हुन थालेपछि श्रीमानको घर छोड्न बाध्य भएकी हुन् ।
राजकी श्रीमती भएकै कारण उनलाई अहिले धेरैले जिस्काउने गरेका छन् । त्यसकारण उनले आफ्नो शोमा पनि केहि समय जान बन्द गरेकी थिइन् । उनलाई सामाजिक सञ्जालमा धेरै जिस्काउने गरेपछि घरमै रहँदै आएकी थिइन् । बलीवुड हङगामाका अनुसार शिल्पाले आफ्ना दुवै बच्चा लिएर घर छोड्ने निर्णय गरेकी छिन् ।