काठमाडौं । 

अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । नेपाली फिल्मको लोकप्रिय कलाकारलाई फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त गर्न पाउँदा डेलिगेसनले खुसी व्यक्त गरेको छ । 

 दयाहाङले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुसी लागेको बताए । फिल्मका गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भए पनि फेस्टिभलले फिल्मकर्मीमा उर्जा दिने उनको भनाई छ ।

  फेस्टिभलको दशौँ संस्करण आउँदो असोज १ देखि ९ गतेसम्म चल्नेछ ।