काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने बताएका छन् । सोमबार काठमाडौंमा सर्लाही जिल्ला समन्वय समिति र सर्लाही काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा दाहालले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर र बागमती प्रदेशमा पनि ढल्ने बताएका हुन् ।
संसद्मा केपी ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफूले भनेको पनि उनले स्मरण गरे । दाहालले सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्वहरू पछारिएको तर उनीहरूले अझै पनि षडयन्त्रको प्रयास नछाडेको बताए ।
दाहालले मंगलबार नै गठबन्धनको बैठक बस्ने र मन्त्रिपरिषद्को विषयमा टुंगो लाग्ने बताए ।