काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादले एमाले विसर्जनवादको खतरातिर जान थालेपछि बिद्रोह गरेर नयाँ पार्टी बनाउनु परेको बताएमा छन् ।
भारतबाट आफ्नो स्वास्थ्य उपचार गराएर सोमबार स्वदेश फर्किएका खनालले ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादलाई पार्टी भित्र परास्त गर्न गरिएको प्रयास पनि असफल भएपछि विद्रोह उल्लेख गरेका छन् । उनले विद्रोहको नयाँरुप नयाँ पार्टी निर्माण भएको बताए ।
वरिष्ठ नेता खनालले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि सिंगो पार्टी पङ्क्तिलाई आह्वान गरे । उनले निजी स्वार्थलाई लिएर पार्टीमा नआउन पनि आग्रह गरे ।