काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) को आकस्मिक स्थायी समिति बैठक सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक स्थायी समिति बैठक बोलाएका हुन् ।
बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल हुने बुझिएको छ । त्यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल हुने बताइएको छ । बिहान सत्तारुढ गठबन्धनको बैठक बसेको थियो भने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।