शिवसताक्षि । 

झापा शिवसताक्षि नगरपालिकामा योङ्ग कम्यनिष्ट लिंग (वाइसिएल) को वडा कमिटि गठन भएको छ ।  नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको आइतवार शिवसताक्षि वडा नं. १० मा  जितेन्द्र साहको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको हो । 

समतिको उपाध्यक्षमा कुमार गौली, दिपक ऋषिदेब, सचीवमा गुन्जन जबेगु, सह–सचीवमा बिशाल गिरी र कोषाध्यक्ष राधिका निरौला(कुँवर) चयन भएका छन् । 

त्यसैगरी सदस्यमा अमृत गौली, दिपक ऋषिदेव,नबराज कुँवर सुजन कार्की , सन्तोष तामाङ ,सुजन राया, मिलन चौलागाईं , धनवहाुर राई, यदुनाथ तिलिङ्,अभिषेक योगि, युवराज राई, आशिष न्यौपाने, सागर राई,कपिल सुवेदी, अर्जुन पालुङ्गा, उपेन्द्र खड्का, तेजु चौहान, किरण चौहान र भानु कुँवर चयन भएका छन् । कमिटिले पछि ५ सदस्य थप गर्ने गरी गठन गरिएको जनाइएको छ । 

वाइसिएल नगर कमिटि अध्यक्ष इन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वाइसिएल नगर उपाध्यक्ष जिएन लिम्बु, वाइसिएल निवर्तमान अध्यक्ष भुवन राई, पार्टीका नगर कमिटि सचिवालय सदस्य धनकुमार ढकाल, रविन न्यौपानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका वडा नं १० का सचिव पुष्प पौडेलले गरेका थिए ।