काठमाडौं । 

 नेपाली कांग्रेसले १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ ।  कांग्रेस केन्द्रीय निर्वाचन समितिले नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीको क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको हो ।

 क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिले जनाएको छ ।  समितिले यसअघि बिहीबार ३८ जिल्ला र शुक्रबार १० जिल्लाका गरी कुल ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको थियो ।

 क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेसँगै कांग्रेसमा महाधिवेशको माहोल देखिएको छ । नवीकरण र नयाँ गरी करिब नौ लाख क्रियाशील सदस्य रहेका छन् ।