झापा । 

बलिवुडका चर्चीत अभिनेता अक्षय कुमारको नयाँ फिल्म बेल बटमले पहिलो हप्ता पूरा गरेको छ ।  यो ९ दिनमा फिल्म बेल बटमले जम्मा  २० करोड रुपैयाँ मात्र कमाउन सफल भएको छ ।   कोरोना भाइरस महामारीको बीच पनि अक्षय कुमारको फिल्म बेल बटमले कमाएको रकम २० करोड राम्रै कमाई भएको बुझाई रहेको छ । यो समय सिनिमा हलहरु ५० प्रतिशत मात्र खुलेका कारण बेल बटमले कमाएको रकम २० करोड राम्रै कमाई भएको बुझाई रहेको छ । 

यो समय सिनिमाहलहरु  ५० प्रतिशत मात्र खुलेका कारण पनि फिल्मले सोचे जस्तो व्यापार गर्न नसकेको बताइएको छ । जती कमाई गरेको छ त्यसलाई सफलताकै सुचिमा राखिएको छ ।  

फिल्म बेल बटमले पहिलो हप्तामा  अक्षय कुमारका अघिल्ला फिल्महरु थ्याङ्क्यू,  शबाना, ब्लू, ओ माइ गर्ड, चादनी चोक टु चाइना, दि शौकिन, एक्शन रिप्ले जस्ता फिल्म भन्दा राम्रो कमाई गरिरहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।