विराटनगर ।
प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा केही बेरपछि एमाले सचिव भीम आचार्यले शपथ लिने भएका छन्। बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यले केही बेरमा मुख्यमन्त्रीको शपथ लिन लागेका हुन्। आचार्यलाई वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको हो। आचार्य दलको नेता चयन भएपछि राईले प्रदेश प्रमुख सोमनाथ प्यासीकहाँ मुख्यमन्त्रीबाट राजीनामा बुझाएका छन्।
आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको रुपमा केही बेरमै सपथ खान लागेका हुन्।