झापा ।
निर्देशक पवन कृपलानीले सैफअली खान र अर्जुन कपूरलाई लिएर भूत पुलिस बनाउदै छन् । यो फिल्मको निर्माण रमेश तौरानीको कम्पनी टिप्स अन्र्तगत हुने भएको छ ।

भूत पुलिसको रिलीजपछि पवन कृपलानी आफ्नो आउदो फिल्म रमेश तौरानीको व्यानरमा बनाउने भएका छन् । यो फिल्मले सवैलाई आचार्य चकित बनाउने बताइएको छ । ‘रमेश तौरानीले आउदो फिल्म पवनसँग बनाउने भएको हुन् ।
फिल्मलाई लिएर अहिलेसम्म केहि जानकारी भने आएको छैन । तर, यस फिल्ममा साराअली खान मुख्य भुमिकामा देखिन सक्ने बताइएको छ । उनी नयाँ पिढीकी हिरोइन भएकाले दर्शक साराको फिल्म हेर्न उत्साहित रहँदै आएका छन् । साराले फिल्म केदारनाथबाट बलीवुडमा डेब्यू गरेकी थिइन् । उनी शिम्बा फिल्मदेखि युवा पुस्ताले रुचाउने अभिनेत्रीका रुपमा परिचित छिन् ।