काठमाडौं ।
नेकपा एमालेले पार्टी विभाजन भएपछि केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टीको बिहीबार मध्यान्ह १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन् ।
वैठकले १० बुँदे सहमति कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे छलफल हुने छ । साथै पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यलाई कारबाही प्रक्रया अगाडि बढाउनेबारे छलफल हुने जनाइएको छ।