झापा । 

नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन  पार्टी पंक्ति, न्यायप्रेमी तथा क्रान्तिकारी जनसमुदायलाई  प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अपिल गरेका छन् । 

नेपालले आफू नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढिरहेको भन्दै ओलीसँग ‘वार्ता र सहमति’ हुन नसक्ने स्पष्ट पारेका हुन् ।

madhab

सामाजिक सञ्जालमार्फत्  उनले पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको अवस्थामा बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू प्रकाशित भइरहेको नेपालले सामाजिक सञ्जाल मार्फत भनेका छन् ।   नेता नेपालले त्यस्ता हल्लाको पछाडि नलाग्न आफ्ना नेता र कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।