काठमाडौं ।
नेकपा माओवादी केन्द्रले अन्य कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकताका लागि वार्ता र आवश्यक पहल गर्न प्रकृया अगाडि बढाउने निर्णय गरेको छ ।
आइतबार र सोमबार पार्टी केन्द्रीय कार्यलय पेरिशडाँडामा बसेको स्थायी कमिटी बैठकको निर्णय प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य कम्युनिष्ट क्रान्तिकारीबीच एकता र धु्रबिकरण गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले पार्टीका विभागहरूमा प्रमुख र केही ठाउँमा ईञ्चार्ज समेत तोकेको छ । यस्तै राष्ट्रिय सम्मेलनलाई ध्यानमा राखि वडा, पालिका र प्रदेश अधिवेशन गर्ने पनि निर्णय भएको प्रवक्त श्रेष्ठले बताएका छन् ।