काठमाडौं ।
नेता वामदेव गौतमले आफू नेकपा एमालेमै रहेको बताएका छन्। एमालेबाट अलग भई वरिष्ठ नेता माधवकुमार नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) मा नेता गौतम पनि आबद्ध भएको भन्ने प्रचार गलत भएको बताएका छन् ।
उनको सचिवालयले त्यो झुटो भएको बताएको हो। आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उनको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ गौतमका स्वकीय सचिव दीपक टमटाले आइतबार बिहान जारी गरेको वक्तव्यमा भनेका छन् ।