झापा । 

माधब नेपाल –झलनाथ खनाल पक्षको नेकपा एमाले झापा जिल्ला कमिटिको शनिवार  बिर्तामोडमा बसेको बैठकले हाल माधब नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा ( एकीकृत समाजबादी ) मा समाहित हुने निर्णय गरेको जनाइएको छ । 

नेपाल कम्युनिस्ट पार्टी एमाले  नेपाल खनाल समुहले निर्माण गरेको झापा जिल्ला कमिटीलाई बैधानिक रुपमा नेकपा ( एकीकृत समाजबादी ) मा समाहित गर्ने निर्णय गरेको हो ।  

बैठकले  माधब नेपालले नेतृत्व गरेको पार्टीको जिल्ला कमिटीमा रुपान्तरण हुने सर्वसम्मत निर्णय गरेको छ ।  झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा तथा केन्द्रिय सदस्य  नरेश खरेलको प्रमुख अतित्थ्यतामा बसेको वैठकले उक्त निर्णय गरेको झापा सचिब निलमणि बरालले  जानकारी दिए । बैठकमा उपाध्यक्ष  चन्द्रमाया श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु  लोकबन्धु कन्दङ्वा, गोपि गिरी, सन्तलाल मेचे, रोमणी भट्टराई   बेधनिधी निरौलालगायतको उपस्थिति रहेको थियो ।  बैठकले भदौ १२ गते जिल्ला भेलाको आयोजना गर्ने निर्णयसमेत गरेको छ ।