गण्डकी ।
गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिकवापतको रकम सामाजिक सेवामा खर्च गरेका छन् ।
उनले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिक रकमबाट शनिवार पोखरा–३३ भरतपोखरीका युवालाई १५ थान भलिबल र जाली हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा मन्त्री थापाले सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलबभत्तामा केही आफूले पनि थपेर सामाजिक सेवासँगै विकास निर्माणमा समेत खर्च गर्दै आएको बताए ।