झापा ।
प्रत्येक गीतमा फरक –फरक स्वाद पस्कदै आएका हास्य व्यङग्य गायक श्रीकृष्ण लुइटेल बोकेदाहीले हालसालै नयाँ भिडियो बजारमा ल्याएका छन् । समाजमा हुने गरेका विकृतिहरुलाई हास्य व्यङग्य शैलिमा उतान्र्न सिपालु गायक बोकेदाहीले ‘गीत बज्यो ट्क्सीमा’ बोलको भिडियो गीत आफ्नै युट्यव च्यानल मार्फत बजारमा ल्याएका हुन् ।

गायन, शब्द तथा संगीत बोकेदाहीकै रहेको गीतको छायङ्कन केशव रायमाझीले गरेका छन् । भिडियोमा केशव रायमाझी, कल्पना पाण्डे, कृष्ण सुवेदी, प्रतीक श्रेष्ठ, अमरजीत शर्माको अभिनय रहेको छ । केही समय अघि उनले ‘केराको थम्वा’ बोलको गीत बजारमा ल्याएका थिए ।
भिडियोसति