काठमाडौँ ।

माधव नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन अयोग्य भएको छ । राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरी राजपत्रमा प्रकाशित गरेपछि दल दर्ताका लागि निवेदन दिनुपर्नेमा बुधबार त्यसअघि नै  निवेदन दिएकाले अयोग्य भएको हो । अब नेपाल समूहले नयाँ दल दर्ताका लागि फेरि निवेदन दर्ता गर्नुपर्ने भएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नियमावली संशोधन गरी कानुन मन्त्रालयमा पठाइसकेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । नियमावली राजपत्रमा प्रकाशित गरेपछि दल दर्ताका लागि प्रक्रिया सुरु हुन्छ ।