रुपन्देही ।

 लुम्बिनी प्रदेशसभाको बैठक स्थति भएको छ । प्रदेशसभा सचिवालयले विहिवार सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगन गरिएको जनाएकोे हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले पार्टीले कारवाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध पारेकाले नवौं अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगन गरिएकोे हो । अर्को बैठक यही भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।