भिनेता राजेश हमालको नाममा फिल्म निर्माण हुने भएको छ । नेपाली फिल्मका चर्चीत अभिनेताको नामलाई लिएर निर्माता केदार भुषालले ‘म  राजेश  हमाल’  नामक  फिल्म  बनाउन लागेका हुन् ।

 फिल्ममा अतिथी भूमिकामा अभिनेता हमाल पनि रहने तयारीमा निर्माण टिम लागेको  छ । तर, उनीसँग केही चरण कुराकानी भइसके पनि कागजी सम्झौता भने नभएको बताइएको छ । ।फिल्मको नामको विषयमा पनि राजेश हमालले बिहीवार आफ्नो निधो दिने जनाइएको छ ।  विक्रम लामा (जोन योञ्जन) ले निर्देशन गर्ने फिल्ममा सञ्चिता लुइँटेल,  मुकुन  भुषाल,  महेश  त्रिपाठी,  एवन  राज  उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछाने मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । 

अभिनेता हमालको नाम मात्र फिल्मको हो तर, निर्माता  भुषालले  फिल्म  राजेश  हमालको  जीवनीमा आधारित नहुने बताए । 

फिल्म उनको जीवनीसँग मेल खाने खालको भएको बताउँदै जीवनी नै बनाउन नलागेको उनको भनाई थियो । आगामीे भदौ २० गते धनगडीबाट छायांकन शुरु गरिने भएको छ । फिल्ममा अतिथी भूमिकाका लागि अभिनेता आर्यन सिग्देललाई पनि अफर गरिएको छ । अभिनेता हमालको  नाममा  पहिलो  पटक  फिल्म  बन्न  लागेको भने होइन । यसअघि पनि उनको नाममा फिल्म बनिसकेको छ ।