काठमाडौँ ।

 नेकपा एमालेको माधव नेपाल समूहले नयाँ दल दर्ता गरेसँगै उक्त समूहबाट केहि नेताले साथ थाडेका छन् ।  बुधबार निर्वाचन आयोग पुगेर दल दर्ता निवेदन दिएपछि माधव समुहका केहि नेताले उनको साथ छाडेका हुन् ।  

उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।

नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।