काठमाडौँ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएको भन्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब अर्को पार्टी दर्ता गर्ने प्रक्रियामा लागेको बताएका छन् । 

मंगलबार बानेश्वरमा सांसद तथा केन्द्रीय सदस्यको भेलामा नेता नेपालले अर्को पार्टी बनाउने  बताएका हुन् ।  उनलेअब छुट्टै पार्टी दर्ता गरेर अघि बढ्ने बताए । नेता नेपालले अब नयाँ ढंगले अघि बढ्ने अवस्थामा पुगेको बताउँदै निराश नभई देशभर संगठन विस्तारमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । 

 छलफलपछि एमाले सांसद मेटमणी चौधरीले एमाले विभाजन गर्ने कुरा टुङ्गो लागेको बताए । २० प्रतिशत थ्रेसहोल्ड राखेर नयाँ पार्टी दर्ता गर्ने कानुन आएलगतै दल दर्ता हुने उनको भनाइ छ ।