झापा ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालका विभिन्न जिल्लामा छरिएर बसेका बंगाली समुदायको हक अधिकार सुनिश्चितताका लागि छुट्टै नेपाल बंगाली आयोग गठनका लागि आवश्यक पहल गर्ने बताएका छन्।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार नेपाल राष्ट्रिय बंगाली समाजका राष्ट्रिय अध्यक्ष पार्थो सरकार, राष्ट्रिय उपाध्यक्ष विप्लव घोषसहित पदाधिकारीसँग भेटघाटमा मुख्यमन्त्री राईले नेपाल बंगाली आयोग गठनका लागि आवश्यक पहल गरिने आश्वासन दिएका हुन्।
विभिन्न जातजाति, समुदायहरूलाई उत्थान तथा विकास गर्न निम्ति, राष्ट्रिय विकासको मुल प्रभावमा समाहित गर्ने निम्ति वा सबै प्रकारका विभेद र समान्ताहरु जस्ता खाडलहरू पुर्नका लागि जुन प्रकारका आयोगहरू देशमा बने ‘त्यस्तै आयोग बंगाली समुदायको पनि बन्नुपर्ने बताएका छन् । उनले वंगालीहरु यसमा छुटेको बताए ।
उनले राष्ट्रिय बंगाली समाजले उठाएको माग राष्ट्रिय स्तरमा उठाउनुपर्ने र त्यसका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए। मुख्यमन्त्री राईले बंगाली समुदायले साहित्य, कला, संस्कृति र बौद्धिक तहबाट देश निर्माणमा गरेको भूमिकाको प्रशंसासमेत गरे।