झापा । 

भारतको रियालिटी सिङ्गीङ शो ‘इन्डियन आइडल सिजन १२’ विजेता पवनदीप राजन बनेका छन् ।  १५ अगष्टमा भएको फिनालेमा विजेताको नाम सार्वजनिक गरिएको थियो ।

सोनी टेलिभिजनबाट प्रशारण हुँदै आएको रियालिटी शो मा दर्शकले दिएको भोटको आधारमा विजेता छनौट गरिएको हो । विजेतासँगै पवनले २५ लाख रुपैयाँ, मारुती सुजुकी स्वीफ्ट कार (Maruti Suzuki Swift car)  साथै विभिन्न गिफ्ट हेम्परहरु प्राप्त गरेका छन् ।

 त्यस्तै दोस्रो विजेता अरुणिता कान्जीलाल बनेकी छिन् भने तेस्रो विजेता साइली काम्वे बनेकी छिन् । दोस्रो र तेस्रो विजेताले पनि नगदसहित विभिन्न गिफ्ट हेम्पर प्राप्त गरेका छन् ।

भिडियो पनि