झापा । 

नेकपा माओवादी केन्द्र झापाले संगठन विस्तार अभियानलाई तिब्र पारेको छ । पार्टीले जिल्लामा वडा कमिटि गठनलाई तिब्र पारेको  नेकपा माओवादी केन्द्र झापाका संयोजक मणिकुमार साम्पाङ (विजय) ले जानकारी दिए । 

झापामा १ सय ३१ वडा कमिटि गठन हुँदै गरेको उनले बताए । साउन २९ गतेसम्ममा कमिटि गठन गरी सक्ने र ३० गतेको केन्द्रिय वैठकमा संगठनात्मक विवरण प्रस्तुत गर्ने गरी कार्य योजना अघि वढिरहेको उनले जानकारी दिए । 

 यो समाचार तयार पार्दासम्ममा झापामा वडा कमिटि गठन ७० प्रतिशत  भएको छ । अध्यक्ष, सचिवसहित २९ सदस्यीय वडा कमिटि पुनर्गठन हुँदै गरेको साम्पाङको भनाई छ । 

हाल बिर्तामोड, अर्जुनधारा, भद्रपुर, कनकाई, दमक, शिवसताक्षि, हल्दिवारी, मेचीनगर, बुद्धशान्ति, हल्दिवारी, झापालगायत झापाका १५ वटै स्थानीयतहमा कमिटि गठन हुँदै गरेको बताइएको छ । पार्टीको केन्द्रिय निर्देशन अनुसार संगठन विस्तार गरिएको हो । 

सर्वोच्च अदालतको फैसलापछि नेकपाबाट अलग भएर साविककै नेकपा माओवादी केन्द्रले देशभर संगठन विस्तार अभियानलाई तिब्र पार्दै आएको छ ।