काठमाडौं ।
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले २० युनिटसम्म विजुली खपत गर्ने वर्गलाई निःशुल्क दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै निर्णय भइसकेको जानकारी दिइन् ।
उनले सरकारले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको उनको भनाई थियो ।
महसुलबारेको निर्णय विद्युत नियमन आयोगले गर्ने भएकाले त्यहाँ प्रस्ताव पठाइएको उनले बताइन् । आयोगले निर्णय गरेको दिनबाट यो महसुलदर लागू हुनेछ ।