बिर्तामोड ।
झापाको बिर्तामोडमा टेक्नोकल्चर विल्डिङ सेन्टर प्रालि (वास्तु विहार) ले भूमिपूजा साथै बृहत सांस्कृतिक कार्यक्रम गरेको छ । नेपालका महानायक तथा कम्पनीका ब्राण्डएम्वेस्डर राजेश हमालले भूमिपूजाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदि स्कुल नजिकै निर्माण भइरहेको टेक्नोकल्चर विल्डिङ सेन्टर प्रालि अर्थात वास्तु विहारको कोलोनीको शनिवार महानायक हमालले उद्घाटन गरेका हुन् ।
बडादशैको फुलपातीकोे अवसर पारेर वास्तु बिहारले बृहत सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको छ । पहिलो चरणमा राजेश हमालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएसँगै सांस्कृतिक कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रममा गायिक रचना रिमालको सांगीतिक प्रस्तुति रहने साथै स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने बताइएको छ । कार्यक्रममा प्रमुख अतिथिसिमेत रहेको महानायक हमाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शुभकामना मन्तव्य राखेका थिए ।
कम्पनीका अनुसार बिर्तामोड–२ मा हाल करिव ३५ वटा घर निर्माणधिन रहेको छ भने बिराटनगर र बिरगञ्जमा पनि परियोजनाले कार्य गरिरहेको छ । ‘वास्तु विहार’ एउटा आवासीय परियोजना हो जसले आवास निर्माण कार्य गरिरहेको छ । भारतमा सन् १९९४ मा स्थापना भएर आवास निर्माण क्षेत्रमा काम गर्दै आएको टेक्नोकल्चरले नेपाल सरकारको उद्योग विभागबाट स्वीकृति लिएर नेपालका बिभिन्न स्थानमा कार्यालय स्थापना गरी परियोजना सञ्चालन गरिरहेको जनाएको छ।
एकैपटक ठूलो रकम लगानी गर्न कठिन हुने ग्राहकलाई लक्षित गर्दै कम्पनीले जग्गा खरिददेखि घर निर्माणसम्म चरणबद्ध भुक्तानीको व्यवस्था गरेको जनाएको छ। कम्पनीका अनुसार ग्राहकले जग्गा खरिदका लागि कुल रकमको ३० देखि ४० प्रतिशत भुक्तानी गरेपछि जग्गा पास गर्ने व्यवस्था गरिएको छ।
जग्गा पास भएपछि नक्सा पासलगायत आवश्यक प्रशासनिक प्रक्रियामा कम्पनीले सहजीकरण गर्ने र सम्झौताअनुसार घर निर्माणको काम अघि बढाउने जनाएको छ। घर निर्माणको प्रगतिका आधारमा ग्राहकले चरणबद्ध रूपमा रकम भुक्तानी गर्न सक्ने व्यवस्था रहने कम्पनीको भनाइ छ। टेक्नोकल्चरका अनुसार भारतमा हालसम्म करिब ३६ हजार घर निर्माण गरी ग्राहकलाई हस्तान्तरण गरिसकिएको छ। भारतमा आवास निर्माणका क्षेत्रमा हासिल गरेको अनुभवलाई नेपालमा समेत प्रयोग गर्दै व्यवस्थित तथा पहुँच योग्य आवास निर्माण गर्ने कम्पनीले लक्ष्य लिएको जनाएको छ।
‘वास्तु विहार’ले घर निर्माणसँगै ग्राहकलाई आवश्यक प्रशासनिक तथा अन्य प्रक्रियामा समेत सहजीकरण गर्नेछ। परियोजनाको ब्रान्ड एम्बेसडरका रूपमा अभिनेता राजेश हमाललाई अनुबन्ध गरिएको छ। व्यवस्थित आवासको माग बढिरहेको अवस्थामा ‘वास्तु विहार’ परियोजनाले आवास निर्माणको क्षेत्रमा नयाँ विकल्प प्रस्तुत गर्ने कम्पनीको दाबी छ। कम्पनीले भारतमा हासिल गरेको अनुभव, चरणबद्ध भुक्तानी प्रणाली तथा निर्माण प्रक्रियामा सहजीकरणमार्फत ग्राहकलाई सहज आवास खरिदको अवसर उपलब्ध गराउने जनाएको छ।
प्रतिक्रिया 0