चारपाने । 

बडादशैंको अवसरमा झापाको बिर्तामोड–२ स्थित चारपानेमा भव्य साङ्गीतिक कार्यक्रम हुने भएको छ । बिर्तामोड–२ स्थित चारपानेमा रहेको जेम्स फिटनेस सेन्टरको आयोजनामा  भोलि आइतवार साङ्गितीक कार्यक्रम हुने भएको हो ।  

सेन्टरले शनिवार चारपानेमा पत्रकार सम्मेलन गरी साङ्गीतिक कार्यक्रमको तयारी बारे जानकारी दिएको हो । कार्यक्रममा राष्ट्रिय गायक तथा गायिकाको बेजोड प्रस्तुती रहने जेम्स फिटनेस सेन्टरका अध्यक्ष तथा सञ्चालक जेम्स उप्रेतीले जानकारी दिए । 

साङ्गीतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु गायिका जुनु रिजाल, गायक रामचन्द्र काफ्ले र टिकटकर तथा डान्सर सिद्धार्थ क्षेत्रीसहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक संस्थाका सञ्चालक उप्रेतीले बताए । कार्यक्रममा हास्यब्याङ्य कलाकारहरुको पनि प्रस्तुती रहने बताइएको छ । कार्यक्रम भोलि बिहान ११ बजेदेखि ५ बजेसम्म चारपाने चोकमा कार्यक्रम हुने भएकाले सवैलाई उपस्थितिका लागि उप्रतीले आग्रह गरेका छन् । 

साङ्गीतिक कार्यक्रम सम्पन्न गर्न अनुमानित ६ लाख खर्च हुने आयोजकले जनाएको छ ।  उप्रेतीका अनुसार खुल्ला साङ्गितीक कार्यक्रम भएपनि डोनेट बक्स राखिनेछ । उक्त डोनेट बक्समा संकलित रकम आर्थिक अवस्था कमजोर भएका २० बर्ष मुनी उमेर समुहका क्यान्सर पिडीतहरुलाई सहयोग गरिनेछ । 

सेन्टरले स्थापनाकालदेखिनै बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । सेन्टरले खुल्ला तीज मिलन कार्यक्रम, सरसफाइ अभियान, रक्तदान कार्यक्रम, लागूऔषध बिरुद्धलगायतका कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रममा स्थानीय युवा रोहित ओलीले भोलि हुने सांगीतिक कार्यक्रममा उपस्थिति हुन सबैलाई आग्रह गरेका छन् ।