झापा ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको र जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको  बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको  तराई भूभागका एक–दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।

आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।