बुट्टाबारी । 

स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले दृष्टिबिहिन तथा अतिबिपन्न दुई सय पाँच  घरपरिवारहरुलाइ खाद्यान्न बितरण गरेको छ ।  विभिन्न बजार चोकहरुमा मीठो गित सुनाएर सकलन गरि आएको रकमले आफ्नो परिवारको गुजारा गर्दै आएता पनि हाल पूर्व–पश्चिम एसियन हाइवे निर्माण भइरहेको अवस्थाले दृष्टिबिहिन तथा अतिबिपन्न परिवारको चुलो जल्न बन्द हुने अवस्थालाई राहत होस भन्दै खाद्यन्न वितरण गरिएको बताइएको छ । 

अभियानका अभियान्त गणेश ढुंगानाले प्रत्येक बर्षझै एक्लै देश बिदेशमा रहीरहेका विभिन्न सहयोगि मनहरु सहयोगी दाताबाट संकलित करिब सात लाख रुपैयाँ बराबरको चामल खानेतेल र दाल झापाका १५ ओटै स्थानीय तहका दुई सय ५ घरपरिवारलाई बितरण गरिएको बताए ।

आफ्नो थोत्रो सिटि फोहोर बोक्ने बोरा मैलो पहिरन जस्लाइ आफ्नो लाइसेन्स अथवा परिचय बनाएका ढुङ्गानाले खाद्यान्न जोहो गर्न करिब एक महिनादेखि सकलनमा जुटेका थिए । हाल इजरायल निवासी  इलित्रा थापा मेचिनगरबाट  ३० बोरा चामल, अरुण डागी, भक्त डाँगी हाल अमेरिकाबाट ३० बोरा चामल, शिक्षासेबि जयनारायण डुङ्गानाले ३० बोरा चामल लगायत बिर्तामोड तथा विभिन्न स्थानका लब्धप्रतिष्टित तथा जग्गा दाता, ब्यवसायीहरुबाट सकलित खाद्यान्न प्रदान गर्ने सम्पूर्णमा ढुंगानाले धन्यवाद व्यक्त गरेका थिए ।

हाल दृष्टिबिहिनहरुलाइ बस्ने आवास निर्माणका लागि मनकारी सहयोगीहरुको सहयोग तथा टुटेफुटेका सिसा, फ़ोहोर प्लास्टिक आदि सकलन गरि बिक्री गरि आएको रकम सकलन गरि अर्जुनधारा नगरपालिका–११ मा दुई कठ्ठा सात धुर जमिन सस्थाको नाममा खरिद गरि घर निर्माणमा जुटदै गरेको समेत अभियन्ता ढुंगानाले बताए । 

कार्यक्रममा बिशिस्ट अतिथिहरु बाबुराम श्रेष्ठ बर्षा, समाजसेबी रामकुमार कन्दङ्गवा, शिक्षासेबि लोकनाथ पौडेल, शिक्षासेबि हस्त परियार, युवा नेता आशिष बन, जनप्रतिनिधि सुसिला गिरि, पाउ पाथीभरा मन्दिरका उपाध्यक्ष यामनाथ बराल, ओलि डिल्ली सुनिता प्रतिष्ठानका दिल्ली ओलि सुनिता ओलि, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, नेत्रहीन संघ झापाका पूर्व अध्यक्ष दोर्ण निरौला लगायतले सराहनीय कार्यको प्रशंसा गर्दै आउदै गरेको बडा दशैंको समेत शुभकामना व्यक्त गरेका थिए । 

सस्थाका अध्यक्ष सामाजिक अभियन्ता गणेश ढुंगानाको अध्यक्षता संचालित कार्यक्रमको प्रमुख अतिथिओ कन्काइ एजुकेसन फाउन्डेसन बिर्तामोडका सन्चालक युवा सहिद ढुंगाना रहेका थिए। सचिब अबिचन्द्र बास्कोटाले स्वागत गरेको कार्यक्रमको सहजीकरण सन्चार संयोगजक रन्जित परियारले गरेका थिए ।