बिर्तामोड ।
फेयरमेड फाउण्डेशन नेपाल र सहारा नेपालको साझोदारीमा सञ्चालित संकल्प परियोजना अन्तरगत झापाको बिर्तामोडमा सर्पदंशाको बिषयमा छलफल तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न छ । बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापाको कार्यालयमा मंगलबार पत्रकारहरुसँग सपंदंशा तथा उपेक्षित उष्ण प्रदेशीय रोगका बिषयमा अभिमूखिकरण कार्यक्रम भएको हो ।
विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुसार सन् २०३० सम्ममा सपंदंशाका कारण हुने मृत्यु र अपाङ्गतालाई ५० प्रतिशतले कम गराउने उदेश्यले संकल्प परियोजनाले कार्य गरिरहेको बताइएको छ । कार्यक्रममा सर्पदंशापछि गर्ने कारण र गर्न नहुने कुराहरु, सर्पदंशाका लक्षण तथा चिन्हहरु, बच्ने उपायहरुका बिषयमा सर्पदंशा विज्ञ कैलाश खाकी श्रेष्ठ र उपेक्षित उष्ण प्रदेशीय रोगका बिषयमा विज्ञ रुशा उपाध्ययले सहजीकरण गरेका थिए ।
सहजकर्ता श्रेष्ठका अनुसार विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार प्रत्येक बर्ष नेपालमा २० हजार मानिस सर्पदंशाबाट पिडीत रहेका छन् भने एक हजारवढीको मृत्यु हुने भएको छ । सहजकर्ता उपाध्यायका अनुसार नेपालमा कालाजार, हात्तीपाइले, कुष्ठरोग, डेंगु, रेबिज, सर्पदंश, माटोबाट सर्ने जुका, टेनियासिस र सिस्टोसोमिया, लुतो जस्ता उपेक्षित उष्ण प्रदेशीय रोगलाई सन् २०३० सम्ममा शुन्यमा लाने लक्ष्यले परियोजनाले काम गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले संकल्प परियोजनाले सञ्चालन गरेको अभियान एकदमै महत्वपूर्ण भएकाले पत्रकारिताका माध्यमबाट सवै सञ्चारकर्मीले जनचेतना जगाउन साथ र सहयोग गर्न आग्रहसमेत गरेका छन् । सहारा नेपालका कोषाध्यक्ष श्याम प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गिरीको प्रमुख आतिथ्य रहेको थयो ।
कार्यक्रमको औतिथ्यमाथि प्रकाश परियोजनाका फोकल पर्सन पवन राईले पारेको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक प्रशन्न कार्कीले गरेका थिए । कार्यक्रममा सहारा नेपालका सदस्य ध्यानबहादुर भारतीको पनि आतिथ्य रहेको थियो ।
प्रतिक्रिया 0