झापा । 

हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा लुम्बिनी प्रदेशको हिमाली भुभागमा साधारणतया बादल लागेको छ । बाँकी हिमाली पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एकदुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भएको छ।

मंगलबार दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भूभाग तथा देशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भूभागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । 

राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।