बिर्ताबजार ।
लायन क्लव अफ बिर्तामोड स्मार्ट लेडीले झापाको बिर्तामोडस्थित बिर्ताबजारमा रहेको नेत्रहिन संघ झापा रहेका नेत्रहिनलाई आवश्यक सामाग्री वितरण गरेको छ ।
लायन क्लव अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष सरस्वती भुर्तेल (सरु) का कर्मपिता गणेशप्रसाद खनाल र जन्मदाता पिता गोबिन्दप्रसाद भुर्तेलको पुण्यतिथिको अवसर पारेर सोमवार नेत्रहिनका लागि अति आवश्यक ह्वाइट केन र ब्रेल नोटबुक बितरण गरिएको हो ।
स्मार्ट लेडीकि अध्यक्ष भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पनि उनैले पारेकी थिइन् । स्मार्ट लेडिकी अध्यक्ष भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा लायनका जिइटी मनोज बस्नेतको प्रमुख आतिथ्य रहेकोे थियो ।
कार्यक्रममा लायनका जिएमटी साजन थापा, मार्केटिङ को–अर्डिनेटर शैलेन्द्र कुरुङ्वाङ, न्यु भ्वाइस क्लब एक्टेसन कोअर्डिनेटर पार्वता गिरी, एओजि सत्यनारायण शर्मा, द्धितीय उपाध्यक्ष पुनम उप्रेती, सचिव शोभा दाहाल, सहसचिव शोभा प्रधान, सहकोषाध्यक्ष बन्दना उप्रेती, क्लव मेम्बरसीप को–अर्डिनेटर लीला दंगाल, नेत्रहिन संघका उपाध्यक्ष उत्तम खतिवडालगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बस्नेत, नेत्रहिन संघ झापाका अध्यक्ष होमनाथ राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन तृतिय उपाध्यक्ष मिरा कार्की खड्काले गरेकी थिइन् ।
प्रतिक्रिया 0