बुट्टाबारी । 

झापाको अर्जुनधाराा नगरपालिका–११ को जुनकीरी सार्वजनिक आधारभूत बिद्यालयले सामाजिक परिक्षण सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिकसत्र २०८२/०८३ सालमा भएको बिद्यालयमा भएको गुणस्तरीय शिक्षाका लागि गरिएको राम्रा प्रयास र गएको शैक्षिकसत्रमा भएको आर्थिक आय ब्यय कारोबार बिद्यालयका प्रधानाध्यापक रन्जित परियारले सरोकारवाला र अभिभावकहरु बिच प्रस्तुत गरेको प्रतिवेदन अनुमोदन गरिएको थियो । 

कार्यक्रममा अभिभावकहरु नरबहादुर बिक, सुस्मिता भुजेल, शिक्षासेबि हस्त परियार, शिक्षक अभिभावक संघ अध्यक्ष दिल्ली बहादुर श्रेष्ठ, जनप्रतिनिधि पुर्णबहादुर राई लगायतले बिद्यालयले गरेको असल प्रयास र विद्यार्थीहरुको विभिन्न कार्यक्रमहरुमा सहभागीता शिक्षाको स्तर र आर्थिक पारदर्शिता प्रती खुसी व्यक्त गर्दै भौतिक संरचनाहरुमा थप सुधार गर्न सल्लाह दिदै बिद्यालयको प्रगतिको कामना व्यक्त गरेका थिए ।

सामाजिक परिक्षण उप समिति बिज्ञ एवम् संयोगक महारानीगन्ज मा बिका शिक्षक सुर्यप्रसाद सापकोटाले प्रतिवेदन निर्माण कार्यमा देखिएको टिप्पणी गर्दै राम्रो पक्ष विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप र गुणस्तरीय शिक्षा दिन गरेको प्रयास राम्रो रहेको साथै प्राप्त उपलब्धि हेर्दा नराम्रो पनि छैन मध्यम रहेको र अझ प्रयास गर्नु पर्ने, कक्षा ५ बाट यहाँबाट मातृ बिद्यालय सरस्वती माबि बिर्तामोड–६ र महारानीगन्ज माबि अर्जुनधारा–११ मा गएका विद्यार्थीहरुले हरेक कक्षामा स्तरीय जिपिए ल्याएको बताएका थिए ।

साथै आवसको ब्यवस्थापन सहित बिद्यालय स्थापना गरेको मातृ सस्था बन्दी सहायता नेपालले बिद्यालयको मेरु दण्ड रहेको जमिन देखि भौतिक निर्माण र निजि शिक्षक समेतको ब्यवस्थापन गरेको पाउदा विद्यार्थीहरुलाइ धेरै सुबिधा प्राप्त भएको र स्थानीय सरकारले पनि नमुना बिद्यालय बनाउन सहजीकरण गर्नु पर्ने सापकोटाले बताएका थिए । समितिमा सदस्यहरु महारानीगन्ज माबिकि शिक्षक तारा लिङ्गदम र जुनकीरी सार्वजनिक आधारभूत बिद्यालयकि अनुजा छेत्री रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जनप्रतिनिधि सुशीला गिरीले आफ्नो कार्यकाल समाप्त हुन लागे पनि आफू स्थानीय भएकोले आउँदा दिनमा अझ सहयोग गर्ने जे जति यो भन्दा अगाडि गरियो र बिद्यालयको घेराबेरा तत्काल स्तरउन्नति गर्नु पर्ने रहेकोले वडाको बजेटबाट के कति छुट्याउन सकिन्छ पहल गर्ने प्रतिबद्धता गरेकी छिन् ।  स्वागत शिक्षक गितादेबि खरेलले गरेको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।