बिर्तामोड । 

झापाको बिर्तामोडबाट नियमित प्रकाशन हुँदै आएको अनलाइन पत्रिका परिवेश मिडिया छैटौं वर्षमा प्रवेश गरेको छ । परिवेश डिजिटल मिडिया प्रालिले प्रकाशन गर्दै आएको अनलाइन पत्रिका परिवेश मिडियाले समसामयिक विषयलाई उठाउँदै आएको छ ।

 तथ्यपरक समाचारलाई पाठक सामु छिटो छरितो ढंगले पुर्याउँदै आएको मिडियाले सुशासन, लोकतन्त्र, दिगो विकासको पक्षमा  निरन्तर खबरदारी गर्दै आइरहेको सम्पादक पुष्प खड्का बताउँछन् ।

पाँचौं वार्षिकोत्सवको अवसरमा कम्पनीकी अध्यक्ष गङ्गा तिम्सिनाले सम्पूर्ण विज्ञापनदाता, पाठक, कर्मचारी तथा शुभेच्छुकहरु प्रति आभार व्यक्त गरेकीछन् । आगामी दिनमा मिडियाले समाजमा व्याप्त भ्रष्टाचार, बेथिति र विसंगतिको विरुद्धमा सशक्त आवाज उठाउँदै जाने समेत उनले बताइन् ।