झापा ।

जिल्ला प्रशासन कार्यालय झापाबाट प्रदान आएका केहि सेवालाई अनलाइनबाटै (भौतिक उपस्थिति विना)  पनि प्राप्त गर्न सकिने बनाएको छ । ती सेवाहरु प्राप्त गर्न  लिन  व्याक्ति, संस्था वा निकायका प्रतिनिधि स्वयम जानु नपर्ने जिल्ला प्रशासन कार्यालय झापाले मंगलबार एक सूचना जारी गर्दै जानकारी दिएको हो । 

त्यस्ता सेवाहरु तोकिएको डेडिकेटेड इमेल, अनलाइन पोर्टल ह्वाट्स एप नम्वर, टेलिफोन जस्ता माध्यमहरुको प्रयोग गरेर सजिलै पाउन सकिनेछ । यस्ता सुविधाहरुको एकिकृत व्यवस्थापनका लागि डेडिकेटेड हेल्प डेस्क नै स्थापना गरि सञ्चालनको प्रवन्ध मिलाइएको बताइएको छ । तोकिएको फेसलेस सेवा प्राप्त गर्न चाहने व्याक्ति वा संस्थाले निवेदनका साथ आफ्नो इमेल वा ह्वाट्स एप नम्वर उल्लेख गर्नु पर्नेछ। माग गरिएको सेवा सम्वन्धि जानकारी सोहि इमेल वा ह्वाट्स एप मार्फत पठाइदिने व्यवस्था कार्यालयले मिलाएको जनाएको छ । 

ती सेवाहरुमा परम्पराको रुपमा सञ्चालन गरिने धार्मिक, सांस्कृतिक पर्व, जात्रा, उत्सव, मेला ईत्यादि संचालनको अनुमति तथा शान्ति सुरक्षा गरिदेने सम्वन्धि सेवाहरु, राजनितिक तथा सामाजिक कार्यक्रम संचालन सम्वन्धि जानकारी, अनुमति तथा शान्ति सुरक्षा सम्वन्धि सेवाहरु, जातीय प्रमाणित सिफारिस सम्वन्धि सेवाहरु छन् ।  यी तीनवटै सोािका लागि लागि निवेदन तथा कागजात पठाउने गुगल फर्मको लिङ्ङ्कसमेत कार्यालयले जारी सूचनामा उल्लेख गरेको छ । 

यसैगरी  नागरिकताको अभिलेख विदुतीय प्रणालीमा अपलोड गरिदिने सम्वन्धि सेवाहरुमा राष्ट्रिय परिचय पत्र सेवाको अवस्था र राहदानीको अवस्था वुझ्ने सेवा,  प्रहरी सर्जमिन तथा चालचलन बुझ्ने सेवाहरु लिन सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

सेवाहरु मध्ये १, २ र ३ नम्वरका सेवाहरुको लागि जिल्ला प्रशासन कार्यालयको वेव साइटमा राखिएको लिकंक प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको, ४, ५ र ६ नम्वरमा उल्लेखित सेवाको लागि डेडिकेटेड ह्वाट्स एप नम्वर साथै  ७ नम्वरको सेवाको लागि डेडिकेटेड इमेल प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जिल्ला प्रशाखन कार्यालय झापाले जनाएको छ ।