झापा । 

प्रतिबन्धित भारतीय चिठ्ठा र नगदसहित काँकरभिट्टाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार आन्दाजी बिहान ११ बजे प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टाका ४५ बर्षीय गेलु शेर्पालाई पक्राउ गरेको हो । 

शेर्पाले आफ्नै घरमा प्रतिबन्धित चिठ्ठा राखी बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको छ । 

शेर्पाकै घरमा रीतपूर्वक खानतलासी गर्दा रोयल लेखिएको भारतीय चिठ्ठा १३ बुङ (प्रति बुङ १०० पिसका दरले जम्मा १३०० थान) र नेपाली नगद रूपैयाँ १००० दरको नोट १८ थान गरी १८ हजार, ५०० दरको नोट २४ थान १२ हजार, १०० दरको नोट ६१ थान,, ६ हजार एकसय, र ५० दरको नोट ८ थान  ४ सय गरी जम्मा ३६ हजार ५०० नगद बरामद गरिएको छ । उक्त घटनाको थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहशरी कार्यालय झापाले जनाएको छ ।