झापा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा क्षेत्र नम्बर–२ कि सांसद इन्दिरा राना मगरले झापाका जनतामा जंगली हात्तीको त्रास र सुकुमबासी समस्या बारे ध्यानाकर्षण गराएकी छन् ।
दसैँ नजिकिँदै गर्दा झापाका किसानहरू बाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा रहेको उनले बताइन्। हात्ती आतङ्कका अतिरिक्त जग्गा सम्बन्धी समस्या पनि उत्तिकै जटिल रहेको उल्लेख गर्दै उनले जग्गाको निस्सा पाइसकेका सुकुमबासीहरूलाई पुनः नापीको नाममा दुःख दिने काम भइरहेको भन्दै असन्तुष्टि जनाइन्।
केही स्थानीय तहबाट ‘माथिबाट आदेश आएको’ भन्दै भ्रम फैलाउने काम भइरहेको जनगुनासो सुनिएकाले यस विषयमा सम्बन्धित मन्त्रालयले स्पष्ट धारणा राख्नुपर्नेमा उनले जोड दिइन्। हात्ती नियन्त्रणका लागि गरिएका सरकारी प्रयासहरू ‘हात्ती आयो हात्ती आयो फुस्स’ भनेजस्तै प्रभावहीन बनेको टिप्पणी रानाले गरिन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै निस्सा पाइसकेका नागरिकलाई तत्काल लालपुर्जा प्रदान गर्न सरकारसँग जोडदार माग गरिन्। रानाले भनिन्, ‘किसानहरू अहिले बाली जोगाउन रातभर निद्रा त्यागेर हात्ती रुङ्न बाध्य छन्, तर सरकारबाट ठोस राहतको प्रत्याभूति हुन सकेको छैन भन्दै निस्सा पाइसकेका सुकुम्वासीले अब छिटो लालपुर्जा पाउनु पर्छ ।
हात्तीबाट पीडित बनेका किसानलाई अविलम्ब उचित राहत र लालपुर्जाको पर्खाइमा रहेका सुकुम्वासी नागरिकलाई तत्काल स्वामित्वको प्रमाणपत्र उपलब्ध गराउन सरकारले स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग सांसद राना मगरले गरेकी छन्।फाइल तस्वीर
प्रतिक्रिया 0