झापा ।

देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का बर्षा भईरहेको छ । कोशी, मधेश, बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ । 

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको  हिमाली र पहाडी भूभागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ। मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 

आजराति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा देशको तराईमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा बिहानपख हुस्सु लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।