झापा ।
झापाको दमक नगरपालिका–६ स्थित देवकोटा चोकबाट प्रहरीले भारतीय नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले शंका लागेर BR37J2708 नम्बरको भारतीय मोटरसाइकलसहित भारतको किसनगञ्ज जिल्ला, खनियाबाद वडा नं. ३, फतेपुर बस्ने २५ बर्षीय अब्दुल माजिद र सोही स्थान बस्ने २६ बर्षीय रुवेद आलमलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई बुधवार बेलुका ५ बजेको समयमा नियन्त्रणमा लिइएको थियो । उनीहरूलाई रीतपूर्वक तलासी लिँदा अब्दुल माजिदको साथबाट भारतीय रूपैयाँ ५०० दरका ७० थान गरी जम्मा ३५ हजार हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त नोटहरू मध्ये अधिकांशको नम्बर दोहोरिएको पाइएकाले नक्कली भएको शंका लागेर सो ७० थान नोटहरूलाई चेकजाँचका लागि नेपाल राष्ट्र बैंक, विराटनगर, मोरङ पठाइएको थियो । उक्त नोट परीक्षणका क्रममा सबै नक्कली रहेको खुलेको प्रहरीले जनाएको छ ।
नक्कली नोटसहित नियन्त्रणमा लिइएका दुवै जनाको सम्बन्धमा मुद्रा सम्बन्धिको कसुरमा जिल्ला अदालत झापामा पेश गरी ५ दिन म्याद प्राप्त गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



















प्रतिक्रिया