झापा । 

मलेसियामा कार्यरत विदेशी कामदारले निश्चित अवस्थामा रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन् । तर, रोजगारदाता परिवर्तन गर्नुअघि सम्बन्धित सरकारी निकायबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

मलेसियाको मलेसियाको प्रायद्वीपीय श्रम विभागले विदेशी कामदारको रोजगारदाता परिवर्तनसम्बन्धी प्रक्रिया र आवश्यक कागजातबारे जानकारी सार्वजनिक गर्दै रोजगारदाता परिवर्तनका लागि आवेदन फारम तथा आवश्यक कागजातको सूची सार्वजनिक गरेको छ । उक्त फारम २८ सेप्टेम्बर २०२६ देखि लागू हुने गरी सार्वजनिक गरिएको जनाइएको हो ।

सरकारी प्रक्रियाअनुसार विदेशी कामदारले आफूखुसी पुरानो कम्पनी छाडेर अर्को कम्पनीमा गएर काम गर्न पाउने छैनन् । रोजगारदाता परिवर्तन गर्न चाहने कामदारले तोकिएको प्रक्रिया पूरा गरी सरकारी स्वीकृति प्राप्त गर्नुपर्नेछ ।